उड्यन क्षेत्र सुधारका लागि रास्वपाको चासो, प्रधानमन्त्रीलाई ३ बुँदे ध्यानाकर्षण पत्र

नेपालभ्युज

उड्यन क्षेत्र सुधारका लागि रास्वपाको चासो, प्रधानमन्त्रीलाई ३ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नागरिक उड्ययन क्षेत्रलाई सुरक्षित र जिम्मेवार बनाउन सरकारसँग माग गरेको छ । पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहितको रास्वपाको टोलीले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर हवाइ उड्यन क्षेत्रमा देखिएका कमजोरी तत्काल हटाउन माग गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेको अर्याल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

रास्वपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा नागरिक उड्यन प्राधिकरणले गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ । प्राधिकरणको पछिल्लो निर्णयका कारण राज्यले अरबौं रुपैयाँ गुमाउने तर्फ सचेत रहन रास्वपाले माग गरेको छ ।

त्यस्तै इयूको सेफ्टी लिस्ट र नेपालको कमजोरी सच्याउने तर्फ ध्यान दिन आग्रह गरेको छ । इयूको प्रतिबन्धका कारण नेपाली वायू सेवा निगमले यूरोप उडान गर्न नपाएको भन्दै उसले तत्काल पहलकदमी लिन माग गरेको छ । निगमको नयाँ विमान खरिदगर्दा हुने अनियमितालाई सरकारले नजरअन्दाज गर्न नहुनेमा पनि रास्वपाले जोड दिएको छ ।

पत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको जवाफ दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved