निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फको बहस

नेपालभ्युज

निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फको बहस

काठमाडौं । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलले बहस गर्दै छन् ।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा दुई दिनदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा जारी सुनुवाइ अन्तर्गत मंगलबार सरकारी वकिलको बहस सकिएकाले आज प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने अदालतले जनाएको छ ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो । हत्यामा लक्ष्मी महतो कोइरीको संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो ।

कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत, जनकपुरले तीन वर्ष अघि महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि कोइरी अहिलेसम्म फरार सूचीमा छन् ।

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved