परराष्ट्रमन्त्री साउद र कतारी राजदूतबीच भेट, विपिन जोशी रिहाइको पहल गरिदिन आग्रह

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद र कतारी राजदूतबीच भेट, विपिन जोशी रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारमा भएको भेटमा पराराष्ट्रमन्त्री साउदले राजदूत अन्सारीसँग हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह गरेका छन् ।

जवाफमा राजदूत अन्सारीले विपिनको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved