एउटा पोजमा तस्वीर खिचेको रकम ३० लाख ?

नेपालभ्युज

एउटा पोजमा तस्वीर खिचेको रकम ३० लाख ?

एजेन्सी । बलिउडका पार्टीहरुमा ओरहान अवतरमणि अर्थात ओरी प्रायः देखिने अनुहार हो । अहिले सबैले जान्न चाहन्छन् ओरी को हुन् ?

ओरी हालै मात्र बीग बोसमा देखिएका थिए र उनले आफ्नो बारेमा जानकारी समेत दिएका छन् । सलमान खानलाई ओरीले भनेका छन्, ‘उनीसँग पाँच जना म्यानेजर छन् जसले उनको ध्यान राख्ने गर्छन् ।’

एक खाना व्यवस्थापक जसले उनको खानपिनको ख्याल गर्ने गर्छ । ओरीका अनुसार, उनले एउटा सेल्फी खिचेको र पोस्ट गरेबापत लाखौं रुपैयाँ प्राप्त गर्छन् ।

एक सेल्फी पोस्ट गरेको २० देखि ३० लाख रुपैयाँ प्राप्त हुने उनले दाबी गरेका छन् । अहिले २५ वर्षका मात्रै भएका ओरीका सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved