विवाह बन्धनमा बाँधिए कोरियोग्राफर मुदस्सर

नेपालभ्युज

विवाह बन्धनमा बाँधिए कोरियोग्राफर मुदस्सर

एजेन्सी । बलिउडका चर्चित कोरियोग्राफर मुदस्सर खान विवाह बन्धनमा बाँधिएका छन् । उनले सामाजिक सञ्जालमा विवाहका तस्वीर शेयर गर्दै प्रसशंकलाई खुशीको खबर दिएका छन् ।

उनी बलिउड फिल्मका कोरियोग्राफरसँगै रियालिटी डान्स शोमा जज समेत बनिसकेका छन् ।

मुदस्सर खानले आफ्नो विवाहका सुन्दर तस्वीर शेयर गरेका छन् । मुदस्सर खान र उनकी प्रेमिका रिया किशनचन्दानीले धुमधामसँग इस्लाम परम्पराअनुसार निकाह गरेका छन् । उनीहरुलाई बलिउडका कयौं ठूला कलाकारले बधाई दिइरहेका छन् ।

मुदस्सर खानले रियालिटी शो ‘डान्स इन्डिया डान्स’ बाट पहिचान बनाएका थिए । उनले यो रियालिटी शोका थुप्रै एपिसोडमा निर्णायकको भूमिका निभाएका थिए ।

यसबाहेक उनले कयौं फिल्ममा पनि कोरियोग्राफी गरेका छन् । उनको सलमान खानसँग पनि विशेष सम्बन्ध छ । मुदस्सरले सलमान खानको ‘दबंग’, ‘रेडी’, ‘प्रेम रतन धन पायो’, ‘राधे’ जस्ता फिल्मका गीतमा कोरियोग्राफी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved