भाजपालाई विधानसभा चुनावमा भारी सफलता, मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा सरकार बनाउँदै

६ महिनापछि हुने लोकसभा निर्वाचनको सेमिफाइनल मानिएका यी राज्यको परिणामले सत्तारुढ भाजपालाई उत्साही बनाएको छ भने प्रतिपक्ष कांग्रेस समस्यामा परेको छ ।    

नेपालभ्युज

भाजपालाई विधानसभा चुनावमा भारी सफलता, मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा सरकार बनाउँदै

काठमाडौं । भारतका चारवटा राज्यमा भएको विधानसभा चुनावको मतगणना चलिरहेको छ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ र तेलंगाना राज्यमा भएको चुनावमा भारतीय जनता पार्टीलाई भारी सफलता मिलेको छ ।

चुनावमा राम्रो परिणाम ल्याउने अपेक्षा गरिरहेको भारतीय राष्ट्रिय कांग्रेसलाई भने नराम्रो झट्का लागेको छ ।

अहिलेसम्मको गणना अनुसार ठूला राज्यहरु मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाको सरकार बन्ने देखिएको छ । मध्य प्रदेशमा भाजपा दुई तिहाई सिटमा अगाडी छ । राजस्थान र छत्तिसगढमा पनि सहज बहुमतको अवस्थामा छ ।

तेलंगाना राज्यमा मात्रै कांग्रेस बहुमत ल्याउने अवस्थामा छ । अघिल्लो चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा कांग्रेस विजयी भएको थियो । यसपटक तीनवटै राज्यमा भाजपाले अभूतपूर्व सफलता हासिल गरेको हो ।

मध्य प्रदेशमा अघिल्लो पटक चुनाव हारेर पनि कांग्रेसका सांसदलाई आफूतिर तानेर सरकार बनाएको भाजपा यसपटक पराजित हुने धेरैको आकलन थियो । तर, यसपटक उसले २३० सदस्यीय विधानसभामा १६० भन्दा बढि सिट जित्ने देखिएको छ ।

राजस्थानमा चुनाव भएका १९९ मध्ये ११० भन्दा बढि क्षेत्रमा भाजपाले अग्रता लिएको छ । जबकी एक्जिट पोलहरुले राजस्थानमा कांग्रेसले सरकार बचाउने भविष्यवाणी गरेका थिए ।

छत्तिसगढका ९० मध्ये ५० भन्दा बढि सिट भाजपाले जित्ने देखिएको छ । तेलंगानामा भने कांग्रेसले कमब्याक गरेको छ । यहाँ क्षेत्रीय दल बीआरएसलाई हराउँदै कांग्रेसले सरकार बनाउने अवस्था अहिलेसम्मको गणनाले देखाएको छ ।  त्यहाँका ११९ क्षेत्रमध्ये कांग्रेस ६५ क्षेत्रमा अगाडी छ ।

६ महिनापछि हुने लोकसभा निर्वाचनको सेमिफाइनल मानिएका यी राज्यको परिणामले सत्तारुढ भाजपालाई उत्साही बनाएको छ भने प्रतिपक्ष कांग्रेस समस्यामा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved