मेलम्चीको पानी चाँडै काठमाडौं ल्याउँछौं : मन्त्री यादव

नेपालभ्युज

मेलम्चीको पानी चाँडै काठमाडौं ल्याउँछौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौं ल्याउन  तीव्रगतिमा काम भइरहेको बताएका छन्  ।

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि शुक्रबार त्यहाँ पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौँ ल्याउन तीव्रगतिमा काम भइरहेको बताए ।

मन्त्री यादवले भने, “बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौँवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ  ल्याउँछौं ।”

हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौैंवासीलाई पानी खुवाउने सरकारको योजना अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए ।

अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले बाढीले पुर्‍याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौँ पुग्छ भनेर भन्न नसकिने बताए । उनले भने, “काठमाडौँ पानी कति दिनमा पुर्‍याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरेका छौँ, आशा गरौँ एक महिनाभित्र पानी काठमाडौँ पुग्छ ।”

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । उनले भने, “मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार पूर्णरुपमा सहयोग गरिरहेको छ, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनुपर्छ ।”

अनुगमनमा मन्त्रालयका सचिव राम आधार शाह, मन्त्रालयमा कर्मचारी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved