सडक दुर्घटनामा ८ जनाको मृत्यु

नेपालभ्युज

सडक दुर्घटनामा ८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पूर्वी राज्य ओडिशामा शुक्रबार भएको सडक दुर्घटनामा एकजना बालक र तीन महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये सात जनाको तत्कालै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । पीडितहरू दुई परिवारका सदस्य थिए र विवाह समारोहबाट फर्किरहेका थिए।

राष्ट्रिय राजमार्ग नं २० मा बलिजोडी गाउँ नजिकै उनीहरूको कार रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved