दलित आयोगको आरोप–नेपाल प्रहरीले दलितलाई जबर्जस्ती फसाउँछ

नेपालभ्युज

दलित आयोगको आरोप–नेपाल प्रहरीले दलितलाई जबर्जस्ती फसाउँछ

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबर्जस्ती फसाउने गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गरे ।

अध्यक्ष विश्वकर्माले दलित समुदायले कानून नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाईमा सत्यता नरहेको जिकिर समेत गरे । उनले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानूनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved