धनुषामा हत्या गरेर लुकाएको अवस्थामा भेटियो एक महिलाको शव

नेपालभ्युज

धनुषामा हत्या गरेर लुकाएको अवस्थामा भेटियो एक महिलाको शव

जनकपुरधाम । धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

शव हेर्दा हत्या गरेर लुकाउन परालले छोपिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । मंगलबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ ।

शवको प्रकृति हेर्दा २/३ दिन अगाडि नै हत्या गरिएको जस्तो देखिएको घटनास्थलमा पुगेका प्रहरीले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved