प्रधानमन्त्री भन्छन्- अप्ठ्यारोको बाबजुद सरकारले गर्व गर्नलायक काम गरिरहेको छ

'प्रतिक्रियावादीहरू इतिहासको चक्कालाई पछाडि फर्काउन प्रयत्नरत छन्'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्ठ्यारोका बाबजुद पनि सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- अप्ठ्यारोको बाबजुद सरकारले गर्व गर्नलायक काम गरिरहेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्ठ्यारोका बाबजुद पनि सरकारले राम्रो काम गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

“जटिलताका बाबजुद यो सरकारले राम्रो काम गरिरहेको छ । कमसेकम अहिले गर्व गर्नलायक ठाउँमै छौँ हामी,” प्रधानमन्त्री प्रचण्डले भने ।

वर्तमान सरकार माओवादीको मात्रै सरकार नभएको उल्लेख गर्दै उनले भने, “गठबन्धनको सरकार हो । गठबन्धनमा सबैको चित्त बुझाउनैपर्‍यो । फेरि उतापट्टि प्रतिपक्षसँग पनि संवाद गरिरहनुपर्ने अवस्था छ । यस्तो अप्ठ्यारोको बाबजुद सरकारले राम्रै काम गरिरहेको छ ।”

दुर्गा प्रसाईंको राजावादी आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले एकथरि प्रतिक्रियावादीहरू इतिहासको चक्कालाई पछाडि नै फर्काउन उद्धत गरेको बताए । “सरकारले राम्रै काम गरिरहेको छ । राम्रो गरेबापत् एकथरि प्रतिक्रान्तिकारीहरू पुन: निरङ्कुशतातिरै जान चाहेको देखिन्छ,” उनले भने ।

फरक प्रसङ्गमा उनले लड्न नछाड्ने बताए । “लडाइँचाहिँ छोडिँदैन है कमरेडहरू ! लड्नचाहिँ मचाहिँ छोड्दिनँ । प्रचण्डले लड्न छाड्छ कि भन्ने भएको छ, तर मचाहिँ छोड्दिनँ । फेरि सच्चाइ हाम्रै पक्षमा छ, त्यो भएर हाम्रै जित हुन्छ । लडिरहनुपर्छ,” उनले भने ।

यसैबीच उनले संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल आउनु सानो कुरा नभएको बताए । प्यालेस्टाइन र इजरायलबीच युद्ध चलिरहेको अवस्थामा महासचिव एन्टोनियो नेपाल आउनुलाई सामान्यरूपमा नलिन आग्रह गर्दै उनले भने, “यो सरकारको कूटनैतिक सफलताको प्रामण पनि हो । कोपको तयारी पनि हो । यो सानो काम भएको छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved