एनएसएलमा धनगढीको विजयी सुरुवात

नेपालभ्युज

एनएसएलमा धनगढीको विजयी सुरुवात

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेडलाई हराएको छ ।

आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।

धनगढीका लागि फोडे फोफानाले अग्रता दिलाएपछि वीरगंजका लागि हान्स क्वाफीले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गरे ।

अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जिताए ।

गत शुक्रवारदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् ।

एनएसएलको दोस्रो संस्करणमा नाै वटा टोली सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved