हेलम्बुका विद्यार्थीलाई नि:शुल्क बस सेवा

नेपालभ्युज

हेलम्बुका विद्यार्थीलाई नि:शुल्क बस सेवा

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नि:शुल्क बस सेवा सुरुआत गरेको छ ।

एकीकृत सिकाइ केन्द्र , हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको हो ।

एकीकृत सिकाई केन्द्रमा सरस्वती माध्यमिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा एक सय २३ जना र कक्षा १२ मा एक सय ८ जना विद्यार्थी अध्ययनरत रहेको सिकाई केन्द्रका संयोजक राजन लामिछानेले बताए । ती विद्यार्थीहरु मध्ये टाढाबाट आउने बालबालिकाले बस सेवाको सुविधा लिनेछन् ।

हेलम्बु गाउँपालिकाको गत वर्ष विनियोजित ६० लाख रुपैयाँबाट दुइवटा बस खरिद गरिएको हो । सरस्वती माध्यामिक विद्यालय र हेलम्बु मोडेल विद्यालयले एकएक वटा बस खरिद गरी सिकाई केन्द्रलाई उपलब्ध गराएका हुन् ।

बस सञ्चालन गर्दा लाग्ने इन्धन, चालक तथा मर्मत खर्च समेत गाउँपालिकाले नै व्यहोर्दै विद्यार्थीलाई भने नि:शुल्क सेवा दिनेछ । सिकाइ केन्द्रमा तीन वटै विद्यालयका विद्यार्थीहरुले एकै स्थानमा बसेर कक्षा लिइरहेका छन् । यसबाट सिकाइ प्रभावकारिता बढेको संयोजक लामिछानेले बताए ।

केन्द्रमा विद्यार्थीहरुले कक्षा १२ सम्म नि:शुल्क अध्ययन गर्न पाउनेछन् । विद्यार्थीलाई बस सेवा, खाजा तथा पोशाक समेत गाउँपालिकाले नि:शुल्क उपलब्ध गराइरहेको छ । दुइ वटा बस मध्ये एउटा बसले हेलम्बु ६, इचोकदेखिको विद्यार्थीलाई सेवा दिनेछ भने अर्को बसले वडा नं. ४ र ५ का विद्यार्थीलाई सुरुङ र वडा नं. २, किउल रुटमा पर्ने विद्यार्थीलाई सेवा दिनेछ ।

बसले सरस्वती माविका बालबालिकालाई सेवा दिने लक्ष्य राखिएको छ ।। विद्यालयले यसअघिबाटै भाडाको बसबाट सो सेवा दिइरहेकोमा हाल आफ्नै बसबाट सेवा दिन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved