सर्वोच्चले माग्यो माइतीघर मण्डलालाई निषेधित गर्नुपर्ने कारण

नेपालभ्युज

सर्वोच्चले  माग्यो माइतीघर मण्डलालाई निषेधित गर्नुपर्ने कारण

काठमाडौं । माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण माग गरिएको छ । सर्वोच्च अदालतले शुक्रबार यस्तो आदेश मागेको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार सो आदेश गरेको हो ।

दुर्गा प्रसाईं र युवा संघ नेपालले मंसिर ७ गते एकै दिन एकै साथ प्रदर्शन गर्ने घोषणा गरेका थिए । एकै दिन प्रदर्शन गरिँदा मुठभेड हुने सम्भावना भएपछि यसअघि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved