युवा संघ बैठकमा ओली- ‘प्रेत व्यूँताउन’ खोज्नेसँग पनि सरकार आत्तियो, तपाईंहरूलाई धन्यवाद !

नेपालभ्युज

युवा संघ बैठकमा ओली- ‘प्रेत व्यूँताउन’ खोज्नेसँग पनि सरकार आत्तियो, तपाईंहरूलाई धन्यवाद !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बिनाएजेण्डा सडकमा उफ्रने केही अराजक’सँग सरकार आत्तिएको आरोप लगाएका छन् । शुक्रबार युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘मरेको प्रेत’ व्यूँताउन खोज्नेसँग पनि सरकार डराएको आरोप लगाएका हुन् ।

कुनै पनि हालतमा राजतन्त्र फर्कन नसक्ने तर्क गर्दै उनले भने– कोहीकोही जनताले पाल्न नसकिने रहेछ भनेर फालेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण राजतन्त्र नै थियो । अब त्यो फकाउने कुरा सम्भवै छैन ।’

२०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको उनको भनाइ थियो ।

‘अहिले मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन्’, युवा संघलाई ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौं भनेर रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले पछिल्लो समय जनतामा बढेको निराशा खतराजनक रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved