फ्रान्सले भन्यो- इजरायल–हमास सम्झौता यथाशीघ्र शुरु गर्नुपर्छ

नेपालभ्युज

फ्रान्सले भन्यो- इजरायल–हमास सम्झौता यथाशीघ्र शुरु गर्नुपर्छ

पेरिस । फ्रान्सले बिहीबार इजरायल र हमासबीच मानवीय युद्धविरामको बदलामा ५० बन्धकहरूलाई रिहा गर्ने सम्झौता यथाशीघ्र अघि बढ्नुपर्ने बताएको छ।

पेरिसले “सबै बन्धकहरूलाई तुरुन्त रिहा गर्न” आग्रह गरिरहेको छ, फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता एनी-क्लेयर लेजेन्डरेले बताएका छन् । “हामी यस सम्झौताका शर्तहरूलाई पूर्ण रूपमा सम्मान गर्न आह्वान गर्दछौं,” उनले थपे।

इजरायलले हमाससँग युद्धविराम सम्झौता गरेको छ तर कम्तिमा शुक्रबारसम्म कुनै पनि बन्धकलाई रिहा गर्ने अपेक्षा गरिएको छैन।
एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved