टीकापुर घटना : दोषीको कैद छुट गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

टीकापुर घटना : दोषीको कैद छुट गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शारदा कठायत र मन्धरादेवी विष्टले दिएको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो । उक्त घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे सर्वोच्चले लिखित जवाफ मागेको हो ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका उनीहरुलाई कैद छुट दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved