दुर्गा प्रसाईंलाई जसले कालोमोसो दले उसैले लखेटे मध्यरातमा महिला

दुर्गा प्रसाईँको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूलाई मध्यरातमा लखेट्ने व्यक्ति र दुर्गा प्रसाईँलाई कालोमोसो दल्ने व्यत्ति एकै रहेको खुलेको छ ।

नेपालभ्युज

दुर्गा प्रसाईंलाई जसले कालोमोसो दले उसैले लखेटे मध्यरातमा महिला

काठमाडौं । दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूलाई मध्यरातमा लखेट्ने व्यक्ति र दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने व्यत्ति एकै रहेको खुलेको छ ।

सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।

बास बसेका महिलालाई कपडा लगाउने समेत समय नदिएर लखेट्ने उनी खोटाङका हुन् । उनी युवा संघका सचिवालय सदस्य हुन् ।

विनोद राई तिनै व्यक्ति हुन्, जसले २२ असोजमा काठमाडौंको एक होटलमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेका थिए ।

विनोद राईको समूह राति मदिराले मातेर लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा गएका थिए । सुतिरहेका महिलालाई कपडा समेत लगाउने समय नदिएर लखेटेका थिए ।

प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । भिडिओ सार्वजनिक भएसँगै युवा संघ आलोचित बनिरहेको छ ।

दुर्गा प्रसाईँले गुहारे मानव अधिकार आयोग, युवा संघ भन्छ- हामीले कसैलाई धम्याएका छैनौं, उनीहरूले नै फण्डा गरे

दुर्गा प्रसाईँको आन्दोलनमा आएकालाई मध्यरातमा लखेट्ने युवा संघका सदस्य विनोद राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved