दुर्गा प्रसाईँले गुहारे मानव अधिकार आयोग, युवा संघ भन्छ- हामीले कसैलाई धम्क्याएका छैनौं, उनीहरूले नै फण्डा गरे

सरकारको मिलेमतोमै युवा संघका कार्यकर्ता उग्र भएको भन्दै प्रसाईँले मानव अधिकार आयोग गुहारेका हुन् ।

नेपालभ्युज

दुर्गा प्रसाईँले गुहारे मानव अधिकार आयोग, युवा संघ भन्छ- हामीले कसैलाई धम्क्याएका छैनौं, उनीहरूले नै फण्डा गरे

काठमाडौं । मंगलबार राति पार्टी प्यालेसमा सुतिरहेका महिलालाई धम्क्याएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । बिहीबारको गणतन्त्रविरोधी प्रदर्शनका लागि काठमाडौं आएर पार्टी प्यालेसमा सुतिरहेका महिलालाई बाहिर निक्लन धम्की दिएको उक्त भिडिओ विवादित पनि बनेको छ ।

आन्दोलनको आयोजक दुर्गा प्रसाईं समूहले युवा संघका कार्यकर्ताले पार्टी प्यालेसमा सुतिरहेका महिलालाई अमानवीय व्यवहार गर्दै बाहिर निकालेको आरोप लगाएको छ ।

दुर्गा प्रसाईँले उक्त घटनाप्रति आपत्ति जनाउँदै बिहीबार बिहान विज्ञप्ति नै जारी गरेका छन् । उनले घटनाप्रति आपत्ति जनाउँदै भोलिको प्रदर्शन हिंसात्मक हुनसक्ने भन्दै मानव अधिकार आयोगलाई समेत गुहारेको छ ।

सरकारको मिलेमतोमै युवा संघका कार्यकर्ता उग्र भएको भन्दै प्रसाईँले मानव अधिकार आयोग गुहारेका हुन् ।

यता युवा संघ नेपालले भने उक्त घटनामा आफ्नो संलग्न नभएको जनाएको छ । ‘सुतिरहेका मान्छेलाई धम्क्याउने हाम्रो नीति नै छैन’, युवा संघ अध्यक्ष क्षितीव थेवे भन्छन्, ‘त्यो उनीहरुले गरेको फण्डा पनि हुनसक्छ ।’

भोलि युवा संघ र दुर्गा प्रसाईँ समूहले काठमाडौंमा एकसाथ प्रदर्शन गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved