रसुवामा सुनसहित तीनजना पक्राउ

नेपालभ्युज

रसुवामा सुनसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले रसुवाबाट सुनसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ का सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानीका निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका ३ का ङ्वाङ लोप्साङ तामाङ छन् ।

इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चीनबाट नेपाल आइरहेका उनीहरुलाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved