विपिन जोशी गाजाको अस्पतालमा फेला परे, उद्धारको तयारी छ – परराष्ट्र मन्त्रालय 

‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, थप भेरिफाइ गर्ने प्रयासमा छौं’

नेपालभ्युज

विपिन जोशी गाजाको अस्पतालमा फेला परे, उद्धारको तयारी छ – परराष्ट्र मन्त्रालय 

काठमाडौं । इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका उनी सशुकल भेटिएको सूचना आएको बताइएको हो ।

गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, थप भेरिफाइ गर्ने प्रयासमा छौं।’

उनलाई उद्धार गर्ने प्रयास भइरहेको बताइएको छ ।

विपिन प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बिपिन बेपत्ता भएका थिए ।

सम्बन्धित समाचार –

ओइलायो पुष्पाले गाँसेको माला, आएनन् दाजु विपिन

हमासले बन्धक बनाएका नागरिकमा नेपाली विद्यार्थी पनि !

इजरायलले भन्यो – विपिन जोशी हमासको नियन्त्रणमा

हमासले लगेका भनिएका विपिन जोशीलाई कहाँ राखिएको छ ?  खोज्न के गर्दैछ सरकार ?

विपिनलाई हमासबाट छुटाएर स्वदेश ल्याइदिन प्रधानमन्त्रीसँग परिवारको आग्रह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved