इजरायलले भन्यो – विपिन जोशी हमासको नियन्त्रणमा

नेपालभ्युज

इजरायलले भन्यो – विपिन जोशी हमासको नियन्त्रणमा

काठमाडौं । इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ ।

त्यहाँको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।

तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।

नेपालका जोशी पनि ती मध्ये एक हुन्। जोशी अक्टोबर ७ देखि बेपत्ता थिए ।

इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धक रहेको पुष्टि गरेको हो ।

तर, अपहरणमा परेकालाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved