लोकल गोलभेँडाको मूल्य प्रतिकेजी ३० रुपैयाँ हुँदा स्थानीय काउलीको मूल्य २० रुपैयाँ 

नेपालभ्युज

लोकल गोलभेँडाको मूल्य प्रतिकेजी ३० रुपैयाँ हुँदा स्थानीय काउलीको मूल्य २० रुपैयाँ 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठुलो गोलभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठुलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने ३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ ।

यस्तै गाजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल २०, मकै बोडी २०, मटरकोशा १८० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, परवल ३५,घिरौँला ४०,फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५, रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ । रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।

फलफूलमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२० रुपैयाँमा बिक्री भइरहेको छ । मौसम ८०, किवि १५०रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved