रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै, रिगल जस्तै जेल जालान् ?

नेपालभ्युज

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै, रिगल जस्तै जेल जालान् ?

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायताले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जना मारिएका थिए ।

आठजनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि त्यसविरुद्ध अन्तिम सुनुवाइ हुन लागेको हो ।

राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै मुद्दा परेको थियो । गत जेठ १६ गते सर्वोच्चमा रिट परेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved