भुकम्पका ३ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर

नेपालभ्युज

भुकम्पका ३ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर

काठमाडौं । भेरी अस्पतालले भूकम्पमा परी घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ ।  रिफर हुनेमा जाजरकोटकी  जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्ट रहेका छन्  ।

उनीहरूलाई काठमाडौंको टिचिङ अस्पतालमा रिफर गरिएको हो ।  १८ गते भेरीमा ल्याइएका उनिहरु सबैको किड्नीको समस्या देखिएको छ ।

भेरीमा उपचारका लागि ल्याइएको ५३ जना घाइतेमध्ये चार  जना डिस्चार्ज भएर घर फर्किएका छन् । १० जना बिरामीको अप्रेसन गरिएको छ ।

एक जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको थियो भने हाल ४५ जनाको उपचार भइरहेको अस्पतालले जनाएको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved