आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न अदालतको आदेश

नेपालभ्युज

आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।

बुधबार अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको हो ।

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको छ।

आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved