नेपाललाई राहत दिन दुई छिमेकीको रोचक प्रतिस्पर्धा

रोचक त यो छ कि भारतीय राहत उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बुझेका छन् । चिनियाँ राहत भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् ।

नेपालभ्युज

नेपाललाई राहत दिन दुई छिमेकीको रोचक प्रतिस्पर्धा

काठमाडौं । कर्णालीका जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत घोषणादेखि आपूर्तिसम्म छिमकी भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।

भूकम्पबाट दुई जिल्लामा जनधनको ठूलो क्षति भएसँगै सुरूमा चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गर्‍यो । भोलिपल्ट छिमेकी भारतले आफ्नो वायु सेवाको जहाजमार्फत् नेपालगञ्जमा १६ करोड रुपैयाँ बराबरका राहत सामग्री उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्‍यो ।

चिनियाँ घोषणाअनुसार १० करोड बराबरको राहत सामग्री आइपुगिसकेको छ । हिजो भारतीय सेवाको विमानबाट थप राहत सामग्री आइपुगेको छ । चीनले भारतीय वायु सेवाबाट ल्याइएका सामानको मूल्यभन्दा बढाएर ३० करोड रुपैयाँ (१५ लाख चिनियाँ युयान) बराबरको राहत सामग्री दुईवटा सैन्य जहाजबाट आज पोखरा उतारेको छ ।

छिमेकी भारतले दुई पटक गरेर भारतीय एयरफोर्सको दुई विमान अवतरण गरायो भने अर्को छिमेकीले आज बिहान एकैपटक जनमुक्ति सेनाको एयर फोर्सका दुई विमान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उतारेको छ ।

रोचक त यो छ कि भारतीय राहत उपप्रधानमन्त्री खड्काले बुझेका छन् । चिनियाँ राहत उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । आज बिहान चिनियाँ राजदूत छन सोङले उपप्रधानमन्त्री श्रेष्ठलाई राहत सामग्री बुझाए ।

यसअघि भारतीय राजदूत नविन श्रीवास्तवले उपप्रधानमन्त्री खड्कालाई बुझाएका थिए । भारत र चीनले मिलाएरै कांग्रेस र कम्युनिष्ट पृष्ठभूमिका उपप्रधानमन्त्रीलाई राहत वितरण गरेको दृष्य रोचक देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved