राष्ट्रियसभा अध्यक्ष भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर हुन्न, पीडितको मन बुझ्न पर्छ

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्ष भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर हुन्न, पीडितको मन बुझ्न पर्छ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मिलेर मात्रै नपुग्ने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरुलाई पनि सहमत गराएर मात्रै राजनीतिक दलहरुले उक्त विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुर्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको आरोपसमेत लगाए ।

अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरुलाई आममाफी दिन नहुने पनि स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved