गगन-विश्वप्रकाश लागे भूकम्प प्रभावित क्षेत्र, गर्नेछन् यी सात काम

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

नेपालभ्युज

गगन-विश्वप्रकाश लागे भूकम्प प्रभावित क्षेत्र, गर्नेछन् यी सात काम

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

उनीहरू पार्टीको निर्णायानुसार भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका हुन् । अनुगमन तथा सहजीकरणका लागि पार्टीले गठन गरेको समितिको नेतृत्व गर्दै उनीहरू जाजरकोट रुकुमपश्चिमतर्फ लागेका हुन् ।

त्यहाँ पुगेर उनीहरूले यी सात काम गर्नेछन् ।

१. उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचारमाध्यममार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने।

२. संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं स्वयं सरकारी निकायहरूबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन। छैन भने एकद्वार पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने।

३. उद्धार र राहतमा पुगेका बाह्य संघसंस्था र व्यक्तिहरूबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्नरगराउन सुझाव र सहजीकरण गर्ने÷गराउने।

४. उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापना सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने।

५. घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने।

६. सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय।

७. पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू केके छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved