चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै, यस्तो छ एजेन्डा

बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरू दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

नेपालभ्युज

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै, यस्तो छ एजेन्डा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् ।

सरकारले उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

नेपाल बसाइको क्रममा उनले आजै बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ ।

बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरू दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

वाङले पोखरा भ्रमणमा पनि जानेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved