सरकारलाई रास्वपाको ध्यानाकर्षण- चामल गोदाममै नकुहियोस्, राहत सबैले पाउने अवस्था बनोस्

नेपालभ्युज

सरकारलाई रास्वपाको ध्यानाकर्षण- चामल गोदाममै नकुहियोस्, राहत सबैले पाउने अवस्था बनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्पपीडितहरूका लागि सङ्कलित राहत वितरणमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै भेटेर उसले सरकारको ध्यानाकर्षण गराएको हो । विगतमा राहतका नाममा उठेका चामल गोदाममै कुहिने अवस्था बनेको भन्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

“कसैले दोहोरो तेहोरो राहत प्राप्त गर्दैगर्दा कुनै पीडितले राहत पाउँदै नपाउने अवस्था नबनोस् भन्नेतर्फ सचेत गराएका हौँ,” रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved