जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालभ्युज

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।

‘भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको हो ।’ उनले भने,‘दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् ।’

घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved