दुईवटा मुद्दा लिएर सर्वोच्च अदालत गयो अख्तियार

नेपालभ्युज

दुईवटा मुद्दा लिएर सर्वोच्च अदालत गयो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुईवटा मुद्दा लिएर सर्वोच्च अदालत गएको छ । विशेष अदालत काठमाडौंले गरेको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च अदालत गएको हो ।

“विभिन्न मितिमा अदालतबाट फैसला भएका मुद्दाहरूमध्ये सार्वजनिक सम्पत्ति हानि-नोक्सानी र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाहरूमा आयोगको चित्त नबुझेकाले सोही मुद्दाहरू सर्वोच्चमा पुनरावेदन गरिएको हो,” अख्तियारका प्रवक्ता भोला दाहालले भने ।

उनकाअनुसार यी दुई मुद्दा लिएर अख्तियार शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved