गुटेरेसको ध्यानाकर्षण गर्न बबरमहलमा द्वन्द्वपीडितको प्रदर्शन

गुटेरेसको नेपाल भ्रमणलाई संक्रमणकालीन न्याय निरुपयोगको विषयसँग जोडेर हेरिएको छ ।

नेपालभ्युज

गुटेरेसको ध्यानाकर्षण गर्न बबरमहलमा द्वन्द्वपीडितको प्रदर्शन

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको ध्यानाकर्षण गराउन द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेको छ । आम द्वन्द्वपीडित समुदायले बबरमहलको जिल्ला अदालतअघि प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकारबमोजिम विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल सुरु गर्न भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले गुटेरेसको नेपाल भ्रमणले संक्रमणकालीन न्याय निरुपण हुने आश पनि व्यक्त गरेका छन् ।

गुटेरेसको नेपाल भ्रमणलाई संक्रमणकालीन न्याय निरुपयोगको विषयसँग जोडेर हेरिएको छ ।

चारदिने औपचारिक भ्रमणमा नेपाल आएका गुटेरेसले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved