जीवनसाथीसँग झगडा पर्दा कसरी मिल्ने ?

नेपालभ्युज

जीवनसाथीसँग झगडा पर्दा कसरी मिल्ने ?

एजेन्सी । कहिलेकाहीँ लडाइँ झगडा हुँदा मानिसहरू कडा र तिखा शब्दहरू ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जाने गर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक छ ।

धेरै खुल्लापन हुनु पनि सम्बन्धका लागि हानिकारक हुने गर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्नेगर्छ । यहाँ हामी झगडा पर्दा ध्यान दिनुपर्ने केही कुराबारे बताउनेछौँ । जसले झगडा बढ्नबाट रोक्ने काम गर्छ ।

– आफ्नो पार्टनरसँगको कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गर्नुहोस् । यदि पार्टनरको कुरा मन नपरेमा होस नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम गर्नुहुँदैन । यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैँभरीलाई सम्बन्ध खराब बन्न सक्छ ।

– रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट पनि बच्नुपर्छ ।

– जिम्मेवारीलाई लिएर झगडा गर्नुभन्दा दुवैजनाले कामको बाँडफाँड गर्नु उचित हुन्छ । पुराना दिन सम्झेर एक अर्कालाई दोषारोपण गर्नु गलत हुन्छ ।

– घरका अन्य परिवारका सदस्यलाई झगडामा तान्नु ठूलो गल्ती हुन्छ । एक अर्काको परिवारलाई लिएर तुलना गर्ने काम गर्नु हुँदैन ।

– कतिपय कुरालाई बेवास्ता गर्ने बानी राम्रो हुन्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि हानिकारक हुनसक्छ ।

– हरेक कुरामा आफ्नै जिद्दी मात्र गर्न खोज्नु राम्रो पार्टनरको गुणमा पर्दैन । मिलेर काम गर्न सकियो भने त्यस्तो सम्बन्ध सुन्दर देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved