जनकपुरधाम । बाराको कलैयामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफमाथि गोली प्रहार भएको हो ।
सोमबार दिउँसो करिब १ बजे अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।
बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको छ । उनको कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार सर्राफको अवस्था चिन्ताजनक छ ।
३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा हुन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।
Facebook Comment
Comment