गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहज हुनेछ : अग्नि सापकोटा

नेपालभ्युज

गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहज हुनेछ : अग्नि सापकोटा

काठमाडौं । पूर्वसभामुख एवम् माओवादी नेता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सहजीकरण गर्ने बताएका छन् ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वसभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्कर्षमा पुर्‍याउन सहजीकरण हुने विश्वास व्यक्त गरेका हुन् ।

पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेका बेला महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनु निकै महत्वपूर्ण भएको उनको भनाइ थियो ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपाललाई अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved