संक्रमणकालीन न्याय निरुपणको माग गर्दै बानेश्वरमा प्रदर्शन, पहाडीसहित अधिकारकर्मी नेता पक्राउ (तस्वीरहरू)

संक्रमणकालीन न्याय निरुपणको माग गर्दै बानेश्वरस्थित संसद भवनअघि प्रदर्शनमा उत्रिएका केही मानव अधिकारवादी नेताहरू पक्राउ परेका छन् ।

संक्रमणकालीन न्याय निरुपणको माग गर्दै बानेश्वरमा प्रदर्शन, पहाडीसहित अधिकारकर्मी नेता पक्राउ (तस्वीरहरू)

काठमाडौं । संक्रमणकालीन न्याय निरुपणको माग गर्दै बानेश्वरस्थित संसद भवनअघि प्रदर्शनमा उत्रिएका केही मानव अधिकारवादी नेताहरू पक्राउ परेका छन् ।

मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । पक्राउ पर्नेहरूमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्।

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते दिएको सार्वजनिक बिदा खारेजीसँगै विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved