चिनी आपूर्ति गर्न सरकार लागि परेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

चिनी आपूर्ति गर्न सरकार लागि परेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्व नजिकिएसँगै बजारमा रित्तिएको चिनी आपूर्ति गर्न सरकार लागि परेको बताएका छन् । बिहीबार दसैँको अवसरका शुभकामना दिँदै उनले सबै सांस्कृतिक पर्वहरूले नेपालीहरू जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताए ।

उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ । त्यसका साथसाथै महँगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो । त्यस कारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्रिम अभाव र महँगी नहोस् भन्नका लागि अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोसिस गरिएको छ ।’

उनले भने, ‘यी सबै सांस्कृतिक पर्वहरू नै हुन् जसले हामी नेपालीहरू जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरूको सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस्, खाद्यान्न लगायत उपभोग्य बस्तुहरू सहज आपूर्ति र निरन्तर भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved