भारतको सहयोगमा निर्मित २ वटा भवनको संयुक्तरूपमा उद्घाटन

नेपालभ्युज

भारतको सहयोगमा निर्मित २ वटा भवनको संयुक्तरूपमा उद्घाटन

काठमाडौं । नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित सर्केगाड गाउँपालिकास्थित  सरस्वती माविको विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माविको ल्याब र पुस्तकालय भवनको उद्घाटन गरेका हुन् । उक्त भवनहरु  भारत सरकारको नेरू ५.५२३ करोड अनुदान सहयोगमा निर्माण भएका हुन् ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा मंगलबार भवनको हस्तान्तरण  गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved