जेल जीवनपछि पल शाहको पहिलो फिल्म दीपिकासँग, ‘मायावी’ले देला त उचाइ ?

नेपालभ्युज

जेल जीवनपछि पल शाहको पहिलो फिल्म दीपिकासँग, ‘मायावी’ले देला त उचाइ ?

काठमाडौं । बालयौन दुरुपयोग मुद्दाका कारण एक वर्ष प्रहरी हिरासतमा बसेका अभिनेता पल शाह रिहा भएपछि फिल्ममा कमब्याक भएका छन्। अभिनेता पल शाहले कमब्याक फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकेका छन्।

मुस्ताङ र पोखरापछि यो फिल्मको बाँकी छायांकन पोखरा र भारतका बैंग्लोर, मुम्बईमा गर्ने तयारी छ। फिल्म रोमान्टिक–कमेडी शैलीमा छ।

निर्देशक दिवाकर भट्टराईले ३० दिनमा पहिलो चरण टुंगिएको बताए । ‘मायावी’ले पलको कमब्याकलाई नयाँ उचाइ दिने उनको भनाइ छ।

पल स्वयंले सामाजिक सञ्जालमार्फत को–एक्टरसँगका तस्वीर सेयर गरेका छन्। दीपिका प्रसाईँ, करिश्मा श्रेष्ठ र सुशील सिटौलासँगका तस्वीर उनको टाइमलाइनमा देख्न सकिन्छ।

क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा यो फिल्मलाई राज कटुवाल र चन्द्र पन्तले निर्माण गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved