ठगी गरेको पाइएपछि सशस्त्रको पेट्रोल पम्प पनि सिल

नेपालभ्युज

ठगी गरेको पाइएपछि सशस्त्रको पेट्रोल पम्प पनि सिल

काठमाडौं । सरकारको बजार अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरेको छ ।

परिणाममा ठगेको सूचना पाएपछि बुधबार गरिएको अनुगमनका क्रममा कम परिमाणमा तेल दिएको ठगी गरेको पाइएपछि सिल गरिएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट बजार अनुगमन भएको थियो ।

अनुगमन टोलीले मंगलबार मात्रै उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved