सेयरबजारमा हरियाली, नेप्से ४३ अंकले बढ्यो

नेपालभ्युज

सेयरबजारमा हरियाली, नेप्से ४३ अंकले बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको सेयर बजारमा हिजो र आज भने हरियाली देखिएको छ ।

हिजो मंगलबार केही अंकले बढेको सेयर आज भने ४३ अंकले बढेको हो । आज नेप्से परिसूचक ४३ दशमलव २१ अंकले बढेर १९०७ दशमलव ८९ विन्दुमा पुगेको छ ।

आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको सेयर बजारमा पनि सुधार आएको छ । आज ८ दशमलव १४ अंकले बढेर ३६६ दशमलव ९७ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved