कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं । एमालेको समर्थनमा विद्रोही कांग्रेसको तर्फबाट कोशी प्रदेशका मुख्यमन्त्री भएका केदार कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएर मुख्यमन्त्री भएका कार्कीलाई माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिन लागेका हुन् ।

कार्कीले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved