बढ्यो युरोको भाउ, अन्य मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो युरोको भाउ, अन्य मुद्राको विनिमय दर कति ? 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

आज युरोको भाउ सोमबारको तुलनामा बढेको छ । मंगलबार युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा पुगेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved