आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना

नेपालभ्युज

आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मध्य र पश्चिमी क्षेत्रका केही जिल्लामा पानी परिरहेको छ । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको चौतारमा सबैभन्दा धेरै २४ मिलिमिटर पानी परेको छ ।

हिजो सोमबार र आज मङ्गलबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ ।

कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । भोलि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिएलगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved