हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्न सक्छ : मन्त्री किराती

नेपालभ्युज

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्न सक्छ : मन्त्री किराती
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए ।

मन्त्री किरातीले अुनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उडानमा ढिला नगर्न निर्देशन दिदैं उनले लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिए ।

उनले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेकोले पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved