चाडपर्वमा दुग्धजन्य पदार्थको मूल्यमा छुट

नेपालभ्युज

चाडपर्वमा दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौं। सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर दुई रुपैयाँदेखि एक सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको जानकारी गराएको हो ।

दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानले उत्पादन गरेका वस्तुहरू आम उपभोक्तालाई सहुलियत दरमा दिने निर्णय गरिएको मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् । जसअनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टान्डर्ड दूधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ ।

त्यसैगरी, दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाइमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । प्रवक्ता अर्यालले फ्रेस मिल्क २०० एमएल बोतलमा ५ रुपैयाँ छुट गरिएको पनि बताइन् ।

पत्रकार सम्मेलनमा चाल आर्थिक वर्षको प्रथम त्रैमासिकमा अनुगमनको क्रममा खाद्य तथा दाना बजार ४४५ पटक, खाद्य उद्योग १२९ पटक, होटल रेस्टुरेन्ट १९५ पटक गरी ७६९ पटक खाद्य अनुगमन निरीक्षण गरी म्याद गुज्रेका तथा प्रतिकुल गरी करिब २ लाख बराबरको सामग्री जफत गरी नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ । प्रवक्ता अर्यालले खाद्य ऐन प्रतिकूल उत्पादन गर्ने २ वटा उद्योग शीलबन्दी गरिए बताइन् ।

प्रवक्ता अर्यालले दशैंलाई लक्षित गरेर खसी बजार अनुगमनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved