आहा ! नयाँ नोट (तस्वीरहरू)

यस वर्ष पनि  ५, १०, २०, ५० र १०० रुपैयाँका एक-एक बन्डल गरी  एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

आहा ! नयाँ नोट (तस्वीरहरू)

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले दशैंका लागि आजदेखि खुलाएको नयाँ नोट साट्न सर्वसाधारणको भीड लागेको छ ।

काठमाडौै उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामा सर्वसाधारणको लामो लाइन देख्न सकिन्छ ।

यस वर्ष पनि  ५, १०, २०, ५० र १०० रुपैयाँका एक-एक बन्डल गरी  एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved