विश्वकप क्रिकेटमा इङ्ल्याण्ड अफगानिस्तानसँग पराजित

नेपालभ्युज

विश्वकप क्रिकेटमा इङ्ल्याण्ड अफगानिस्तानसँग पराजित
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं । विश्वकप क्रिकेटमा आइतबार अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले पराजित गरेको छ । २८४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४०.३ ओभरमा २१५ रन बनाउँदा अलआउट भयो ।

अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३/३ विकेट लिए भने मोहम्मद नाबीले २ तथा फजलहक आरुकी र नवीन उलहकले १/१ विकेट लिए ।

इङ्ल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२ रन बनाए । यस्तै आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०/१० रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमार २८३ रन बनाएको थियो । अफगानिस्तानका रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे ।

विश्वकपमा दुवै टिमले अहिलेसम्म तीन-तीन खेल खेलेका छन् र एकमा मात्रै जित हासिल गरेका छन् । समान एक अंकसहित इङ्ल्याण्ड पाँचौ र अफगानिस्तान छैठौं स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved